अन्नपूर्ण हिमश्रृङ्खलामा हिउँ पहिरोपछि आएको बाढीमा परी कास्कीको माछापुछ्रे र सर्दीखोला गाविस आसपास १३  जनाको शव फेला परेको छ । बाढीका कारण त्यहाँ ठूलो मात्रामा धनजनको क्षति पुगेको छ ।

बिहान ९ बजेतिर हिमपहिरो पछि आएको बाढीमा परी मृत्यु भएका तथा हराइरहेकाहरुको खोजिका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईको नेतृत्वमा सेना, प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलिहरु खटेका छन् ।

हिमपहिरोबाट बाँच्न सफल सार्दीखोला कसेरीका स्पष्टसँग कान नसुन्ने करिब ७४ वर्षीय सन्तबहादुर तामाङ । बिहान १५ वटा बाख्रा लिएर चराउन सेती नदीको तीरमा गएका उनले आफ्ना सम्पूर्ण बाख्रा बाढीले बगाएको तर आफू खिर्राको रुखको हाँगामा समातेर बाँच्न सफल भएको बताए । – मनोहर जंग रायमाझी

बाढीमा परी ५० बढी बेपत्ता भएको जनाइएको छ । सर्दीखोला गाविस खारापानीमा ८ वटा घर बगाएको छ ।  बाढीले तीन जना पर्यटक समेत बगाएको जनाइएको छ ।
उद्धारका लागि त्यहाँ खटिएको नेपाली सेनाले अब ठूलो बाढी नआउने भन्दै घरबार छाडेकालाई फर्कन आग्रह गरेको छ । त्यहाँ बेपत्ता भएकाहरुको खोजि कार्य अझै जारी छ ।



यसरी जान्छ हिम पहिरो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।