काठमाडौं १८ साउन । नेकपा माओवादी केन्द्रले संसदीय दलको मुख्य सचेतकमा रेखा शर्मालाई नियुक्त गरेको छ । पार्टी संसदीय बोर्डको बिहीबार बसेको बैठकले पूर्व सामान्यमन्त्री समेतरहेकी शर्मालाई मुख्य सचेतकको जिम्मेवारी दिएको हो ।

यसअघि मुख्य सचेतक रहेका टेकबहादुर बस्नेत उर्जा मन्त्रीमा नियुक्त भएपछि शर्मा माओवादीको मुख्य सचेतक बनेकी हुन् ।

बोर्ड बैठकले संविधान कार्यान्वयनका लागि आवश्यक संसदमा विचारधिन तथा अन्य विधेयकहहरु तत्काल पारित गर्न विशेष भूमिका खेल्ने निर्णय पनि गरेको नवनियुक्त मुख्य सचेतक शर्माले जानकारी दिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।