काठमाडौं । ४/५ वर्ष अगाडीको कुरा हो, जतिबेला नेपालमा हिउँदमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । लोडसेडिङका कारण सर्वसाधरण, विद्यार्थीदेखि सबै आजित थिए । लोडसेडिङ अन्त्य हुन्छ भनेर कल्पना समेत गर्न सक्ने अवस्था थिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणको नेतृत्वमा सिनियारिटीको मापदण्ड मिचेर कुलमान घिसिङलाई नियुक्त गरे । उनै कुलमानले लोडसेडिङ अन्त्य गरेर देखाउन सफल भए ।

अहिले तीनै लोडसेडिङ अन्त्य गरेका कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरेपनि औपचारिक निर्णय बाहिर आएको छैन ।

उर्जा, जस्रोत तथा सिचाई मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यलाई सम्मानजनक ढंगले जल तथा उर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाईपाई आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । नवनियुक्तमन्त्री भुसालले हिउँदमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्यको नेतृत्व गरेका घिसिङलाई ल्याउन रुची देखाएकी थिइन् ।

मन्त्री भुसालले यसअघि नै शाक्यलाई बोलाएर विकल्पको विषयमा छलफल समेत गरेकी थिइन् । मन्त्रीले नै प्राधिकरणको कार्यकारी अधिकृतमा घिसिङलाई ल्याउन चाहेपछि कार्यकारी अधिकृत शाक्यले सार्वजनिक रुपमा सम्मानजनक रुपमा अन्यत्र पठाए आफू जान तयार भएको अभिव्यक्ति दिएका थिए ।
मन्त्रालय स्रोतका अनुसार घिसिङले प्राधिकरणको कार्यकारी अधिकृतका रुपमा (आज)बाट कार्यभार सम्हालेका छन् मन्त्रीपरिषद बैठकबाट निर्णय भएपनि घिसिङलाई प्राधिकरणको नेतृत्व जिम्मा दिइएको पत्र दिन बाँकी थियाे ।

प्राधिकरण स्रोतका अनुसार हालका कार्यकारी प्रमुख शाक्यले मंगलबार प्राधिकरणमा पुगेर विभागिय प्रमुख लगायतसँग भेटघाट गरी बिदा लिएका छन् । उनले सरकारले सम्मानजनक रुपमा आफूलाई अन्य ठाउँमा पठाउन चाहेकाले आफू जान तयार भएको निकस्थसँग बताएका छन् ।

प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्य गरेसँगै चर्चामा आएका घिसिङलाई कार्यकारी निर्देशक पदमा दोहो¥याउनुपर्ने चर्को दबाबबीच पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई दोहोर्याएको थिएन । उनको कार्यकाल नदोहोर्याएको भन्दै ओली सरकारको कडा आलोचना समेत भएको थियो । यसअघि, घिसिङले २०७७ भदौमा चार वर्षे कार्यकाल सम्पन्न गरेर प्राधिकरणबाट बिदा लिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।