हिजाे घटेकाे सुनकाे मुल्य बिहीबार आज भने बढेको चाँदीको भाउ भने स्थिर रहेको छ। बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ९५० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको भाउ अर्थात प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।