काठमाडौं । हाम्रोमा प्रायः जसो सुनको प्रयोग गरगहना बनाएर सजाउने तथा लगाउनेमा हुन्छ । सुनको काम गरगहनामा मात्रै भने सिमित छैन, कम्प्यूटर, संचार उपकरण, अन्तरिक्ष यान, जेट विमानका इन्जिनहरु लगायतको उत्पादनमा पनि यो प्रयोग हुने गरेको छ ।

हालसम्म लगभग २,४४,००० मेट्रिक टन सुन सम्म पत्ता लागेको छ । पत्ता लागेका सुन एक क्यूब फिट र २८ मिटर चौडा सम्मका पत्ता लागेका छन् । धेरै जसो सुन तीन देशहरुबाट उत्पादन भएको छ । ती देश हुन्– चीन, अष्ट्रेलिया, र दक्षिण अफ्रिका । सन् २०१६ मा संयुक्त राज्य अमेरिका सुन उत्पादन गर्ने राष्ट्रको चौथो स्थानमा थियो। सुन यसको सौन्दर्य र स्थायित्वका कारण प्राचीन कालदेखि कदरको धातु बन्दै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।