हामी मध्ये धेरैको लागी बिहान चिया वा कफी अनिवार्य जस्तै बनेकाे छ । विशेष गरी चिया पिउनु हाम्रो देशको संस्कृति जस्तै बनेको छ। बिहान चिया पिउनदेखि घर आउनुहुने पाहुनाहरु र अफिस ब्रेकमा पनि चिया पिउने गरिन्छ । चिया हामी सबैको जीवनमा महत्वपूर्ण छ, तर यसरी धेरै चिया पिउनु पनि हाम्रो स्वास्थ्यका लागि धेरै हानि हुन सक्छ । विज्ञहरु लामो समयसम्म चिया उमालेर पिएमा समेत स्वास्थ्यलाई हानि पुर्याउने बताउँछन् । जे भएपनि केहि चीजहरुलाई ख्याल गरेर चिया पिउने हो भने त्यो हाम्रा लागि धेरै फाइदाजनक पनि हुनसक्छ ।

खाली पेटमा चिया नपिउनुहोस् : तपाईले यो धेरै पटक सुन्नु भएको हुनसक्छ कि खाली पेटमा चिया पिउनु हानिकारक छ । यदि तपाइँ बिहान चिया पिउन मन पराउनुहुन्छ भने खाली पेटको सट्टा रोटी वा बिस्कुट पनि सँगै खाने गर्दा राम्रो हुनेछ ।

चिया पत्तिको गुणस्तर ख्याल गर्नुहोस्: जब तपाइ चिया पत्ति किन्न गइरहनु भएको छ गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ । राम्रो गुणस्तरका पत्ति किन्नु भएमा तपाइँलाई फाइदा हुनेछ। राम्रो पत्तिहरुले मात्र चियाको स्वाद बढाउँछ भने स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

धेरै समय चिया नउमाल्दा राम्रो : धेरै समयसम्म उमालेको चिया हानिकारक हुन सक्छ। धेरै उमालेको चियाले एसिडिटीको समस्या निम्त्याउन सक्छ।

धेरै मीठो चिया नपिउनुहोस्: केहि मानिसहरु बिना चिनिको चिया मन पराउँछन् । वास्तवमा भन्ने हो भने चिनीले हामीलाई फाइदा भन्दा बढी हानि गरिरहेको हुनसक्छ । त्यसैले कम चिनीको उपभोग गर्नु नै राम्रो मानिन्छ । स्वास्थ्य विशेषज्ञहरुको सुझाव छ कि- कम चिनीसंगको चिया नै अधिक स्वस्थ मानिन्छ ।

चियामा धेरै दूध पनि हानिकारकः प्याकेट गरिएको दूध र वास्तविक गाई-भैँसीको दूधको बीच एक ठूलो भिन्नता छ। चियाको राम्रो स्वादको लागि यदि तपाइ प्राकृतिक दूधको उपयोग गर्नुहुन्छ भने चिया अधिक स्वादिष्ट हुनेछ । प्याकेटको दुध धेरै मिसाएर चिया बनाउनु पनि राम्रो मानिदैन ।

मसालासँग चिया बनाउनुहोस्: यदि तपाइँ चिया स्वस्थ गुणहरुयुक्त बनाउन चाहनुहुन्छ भने केहि मसालाको उपयोग गर्न सक्नुहुन्छ । जब तपाइँ चिया उमाल्नुहुन्छ, लौंग, अलैंची, अदुवा, दालचीनी वा तुलसी मिसाउनु भयो भने चिया अधिक स्वस्थ हुनेछ । (सावधानः यो सामग्री जानकारी दिने उद्देश्यले मात्र एजेन्सीको सहयोगमा तयार पारिएको हो )

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।