काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (आइतबार) भाउ बढेर कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको भाउ ९० हजार २ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ।
Comments







