काठमाडौं । यतिबेला अफगानिस्तानको काबुल विमानस्थलमा त्रास यति छाएको छ कि, देश छाडेर जानेहरुको भिडले विमानस्थल अस्तव्यस्त छ । भिडभाड र अस्तव्यस्तले विमानस्थल बसपार्क जस्तै देखिएको छ भने भिड कम गर्न अमेरिकी सेनाले गोली समेत चलाएको छ ।

अमेरिकी अधिकारीहरुका त्यहाँ ७ जनाको मृत्यु भएको छ । जसमा केही अमेरिकी बिमानबाट खसेर मृत्यु हुनेहरु समेत छन् । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले मृत्यु हुनेको संख्या सात पुगेको जनाएको छ । अमेरिकी सेनाले विमानस्थलमा दुई बन्दुकधारीलाई मारेको समेत जनाएको छ । उनीहरु तालिवानी नरहेको जनाइएको छ । त्यहाँ एक अमेरिकी सैनिक समेत घाइते भएको बताइएको छ ।

यता, अफगानिस्तानमा रहेका नेपालीको अवस्थाका विषयमा चौतर्फी चासो बढेर गएको छ । मन्त्रीपरिषदको बैठकले यथासिघ्र अफगानमा रहेका नेपालीहरुको उद्दार कार्य अघि बढाउने निर्णय गरेको छ । गृह मन्त्रालयले उनीहरुको उद्धारको कार्य बढाउन निर्देशन दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।