काठमार्डौं । केही दिनदेखि उकालो लाग्दै आएको सुनको भाउ बढेर ९१ हजार रुपैयाँ पुगेको छ । मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।