काठमाडौं आइपुगे अफगानिस्तानबाट११८ नेपाली, लिन पुग्यो नेपाली सेनाका गाडी

0

काठमाडौं । तालिवानले कब्जा गरेको अफगानिस्तानबाट ११८ जना नेपाली र ९ भारतीय काठमाडौं उत्रिएका छन् । उनीहरु कुबेत हुँदै काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो त्यहाँबाट जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । यसअघि १२७ जना नेपाली रहेकाे बताइएकाेमा ११८ जना नेपाली र ९ भारतीय रहेकाे पाइएकाे हाे ।

अफगानिस्तानबाट आएका उनीहरुलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।