काठमाडौं । एक महिनामा नै ठूलो मात्रामा सुनको कारोबार भएको छ । सामान्यतयः विवाहको सिजनमा सुनको बढी कारोबार हुने भएपनि साउन महिनामा समेत ४४९ किलो सुन बिक्री भएको हो। नेपाल बैंकर्स संघका अनुसार, साउनका लागि बैंकहरुले ५०० किलो सुन मगाएकोमा ४४९ किलो बिक्री भएको हो।
अहिले बैंकहरुसँग ४९ किलो सुन मात्र मौज्दात छ। ब्यवसायीहरुले हरेक दिन २० किलोका दरले सुन उठाइरहेका छन् । सरकारी निर्णय अनुसार, दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। यही भएर बैंकहरुले हरेक अढाइ दिनमा ५० किलोका दरले सुन आयात गरिरहेका छन्। तर त्यो सुन यहाँ आउनेवित्तिकै नपाइ बिक्री हुने अवस्था छ। सुनकै कारण पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घटिरहेको छ। गत असारमा मात्रै बैंकबाट ७०० किलो सुन बिक्री भएको थियो। ब्यवसायीले सोझै सुन आयात गर्न पाउँदैनन्। बैंकहरुले आयात गरेको सुन उनीहरुले खरीद गर्नु पर्छ।
एक महिनामै ४४९ किलो सुन बिक्री
Comments







