Thursday, August 20, 2026
23.1 C
Kathmandu
Home राजनीति यी हुन् अन्तिममा माधव नेपाललाई घात गर्ने उनी निकटका नेताहरु

यी हुन् अन्तिममा माधव नेपाललाई घात गर्ने उनी निकटका नेताहरु

काठमाडौं । राजनीतिमा इमान्दारिता र जवादेहिता महत्वपुर्ण पक्ष हो । हाम्रोमा भने इमान्दारिता र जवाफदेहितालाई पद र पावरसँग बेच्ने गरिएका घटनाहरु सयाैं यत्रतत्र पाइन्छ । पछिल्लो पटक नेकपा एमालेभित्रको शक्ति संघर्षमा पनि पद र पावरसँग आफ्नो इमान बेच्ने नेताहरु धेरै देखिए ।

नेकपा भित्रको आन्तरिक विवाद उष्कर्षमा पुगेका बेला उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीको सबैभन्दा कडा शब्दमा विरोध गर्दै आइन् । जब वार कि पारको अवस्था आयो शाक्यले उनै ओलीलाई साथ दिँदै नेपालमाथि धोका दिइन् । यसरी माधव नेपाललाई धोका दिनुको कारण भने उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने पक्का हुनु हो । लामो समयदेखि एउटा छवि बनाउँदै आएकी उनले अन्तिममा मुख्यमन्त्री पद पाउने बित्तिकै सत्तालोलुप्ता त्याग्न सकिनन् । अहिलेसम्मको उनका गतिविधि र ओली विरुद्ध जे जति गरिन् ती सबै पद र पावरका लागि गरेको यसबाट पुष्टि हुन पुग्यो । मुख्यमन्त्री नपाउँदा नेपालतिर र पद पाउँदा ओलीतिर जानेमा पार्टी सचिव भीम आचार्य पनि पर्छन् । उनलाई पनि प्रदेश एकको मुख्यमन्त्री बनाउने बचन दिन साथ नेपाललाई धोका दिन पछि परेनन् ।

अध्यक्ष ओलीको चर्को विरोध गर्दै आएकाहरु मध्ये पछिल्लो पटक माधव नेपाललाई धोका दिनेहरुमा उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा पनि छन् ।

यी सबै नेताहरुले एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा नेपाल समूहलाई साथ दिँदै आएका थिए । जब, नेपालले पार्टी विभाजन गर्नुपर्ने अवस्था आएपछि भने उनीहरुले नेपाललाई धोका दिएका हुन् । बरु, कतिपय ओलीलाई साथ दिने नेताहरुले अन्तिम समयमा नेपाललाई साथ दिएको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।