काठमाडौं उपत्यकामा लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं । काठमाडौँ उपत्यकामा भाद्र ५, ६ र ७ गते लगातार ३ दिन बिदा हुने भएको छ । भाद्र ५ गते शनिबार परेको छ भने भाद्र ६ गते जनै पूर्णिमा परेको छ। जनैपूर्णिमाको अवसरमा सरकारले देशभर सार्वजनिक पर्व विदा दिने निर्णय गरेको २०७७/१२/९ मा प्रकाशित राजपत्रको पर्व विदामा उल्लेख गरिएको छ।
त्यस्तै भाद्र ७ गते काठमाडौँ उपत्यकामा मनाइने गाइजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएकोछ । मन्त्रीपरिषदको बैठकले गाइजात्राका दिन देशैभरका नेवार समुदायलाई सार्वजनिक बिदा समेत निर्णय गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।