काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी ओलीलाई समेत सकस हुने गरी तेस्रो धारको उदय भएको छ । उक्त धारमा हालै मात्र बागमती प्रदेशको मुख्यमन्त्री बनेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य समेत छिन् । उनी यसअघि माधव नेपाल समूहमा रहँदै आएकोमा पछिल्लो पटक ओली समूहमा लागेर मुख्यमन्त्री बनेकी थिइन् । पुनः उनीसहितका आधा दर्जन बढी पदाधिकारीहरुले तेस्रो धारको निर्माण गरेका हुन् ।

​बिहीबार राति एमालेको तेस्रो धारका ९ नेताले जारी गरेको अपिलमा एक दिनअघि मात्रै ओली पक्षबाट मुख्यमन्त्री बनेकी शाक्यले पनि हस्ताक्षर गरेकी छिन् । एमालेभित्र तेस्रो धारको उदय भएपछि अध्यक्ष ओलीले रोष प्रकट गरेका छन् । उनले अझै पनि एमालेभित्र पिलो रहेको भन्दै विरोध जनाएका छन् । तेस्रो धारका नेताहरुमा युवराज ज्ञवाली, शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भिम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् ।

भदौ २ गते माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । पूर्वएमालेका २०३ केन्द्रीय सदस्यमध्ये नेता माधव नेपालले ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावली आयोगमा बुझाउँदा शाक्यको नाम थिएन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।