काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। आइतबार सुन तोलामा ३ सयले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य ९० हजार ४ रुपैयाँ कायम गरिएको छ। यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलाको एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।
Comments







