हिजो घटेको सुनको मूल्य आज बढ्यो, यस्तो छ आजको मूल्य

काठमाडौं । सुनको भाउमा निरन्तर उतारचढाव कायम रहेको बेला सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।आज छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ ओरालो लागेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउमा सामान्य गिरावट देखिएको थियो । सो दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँ तोकिएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।