एनसेलको ग्राहकको पैसा ठगि प्रकरण: कुन ग्राहकबाट कति लुट्यो ? छैन अत्तोपत्तो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकको मोबाइलबाट अनुमति बिनै विभिन्न बहानामा कति रकम लुट्यो भन्ने एकिन नै नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले एनसेललाई ग्राहकबाट ठगि गरेको एक अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ ।

२०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म एनसेलले स्वतः नवीकरण गरी गरी ‘गेमलफ्ट’ र ‘हुवावे एप ग्यालरी’ नामक भास सेवाबाट ग्राहकबाट असुलेको रकम फिर्ता गर्न निर्देशन दिएपनि एनसेलले कुन ग्राहकको कति रकम ठगि गर्यो भन्ने कुनै हरहिसाब नै छैन । त्यसो त प्राधिकरणले गेमलफ्ट’ र ‘हुवावे एप ग्यालरी’ नामको भास सेवाका अटो रिन्यू हुने प्याक टाइपहरु सञ्चालन गरी मिति २०७७ जेष्ठ १८ देखि हालसम्म प्रत्येक ग्राहकहरुबाट के कति आय आर्ज भएको छ त्यसको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन नै दिएको छ ।

एनसेलले गेमलफ्ट’ र ‘हुवावे एप ग्यालरी’ नामको भास सेवाबाट मात्र नभएर एनसेलले दिने कुनै पनि सेवाबाट पनि ग्राहकको रकम ठगि गरेको हुन सक्ने देखिएको छ । प्राधिकरणले २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म एनसेलले स्वतः नवीकरण गरी गरी ‘गेमलफ्ट’ र ‘हुवावे एप ग्यालरी’ नामक भ्यास सेवाबाट ग्राहकबाट असुलेको रकम मात्र फिर्ता गर्न अहिले निर्देशन दिएको हो । त्यो समय भन्दा यता एनसेलले ग्राहकलाई थाहा नदिई कति ठगि गरेको छ भन्ने प्राधिकरणसँग समेत हिसाब छैन । प्राधिकरणले गत भदौ १९ गते एनसेललाई कारबाही किन नगर्ने भन्दै पत्र काटेको थियो । गत असार १७ गते पुनः यो विषयमा एनसेलसँग स्पष्टीकरण मागिएको थियो । एनसेलले भने तेस्रो पक्षले प्रदान गर्ने सेवा भएकाले मोबाइलमा भएको ब्यालेन्स सेवा खरिद वापत भुक्तानीका लागि उपयोग गरिएको भन्दै आफू पन्छिने काम गरेको थियो ।

२०७५ असोज ६ गतपछि पूर्व स्वीकृति नलिई सेवा नवीकरण नगरिएको एनसेलको दावीलाई प्राधिकरणले भने सत्य नभएको ठहर गर्दै ५० हजार जरिवाना समेत गरेको छ । अब एनसेलले तीन महिनाभित्र गैरकानुनी रुपमा लिएको १ अर्ब ११ करोड रूपैयाँ ग्राहकको मोबाइलमा फिर्ता गर्नुपर्ने भएको छ । रकम फिर्ता भएको जानकारी प्राधिकरणलाई दिनुपर्नेछ । २०७७ जेठ १८ पछि गरिएको स्वतः नवीकरण विवरण पेश गर्न कम्पनीलाई १५ दिनको सयम दिइएको छ ।
अझ गम्भीर कुरो के भने, यी दुई सेवाको नाममा ग्राहकसँग ठग्ने एनसेलले भ्वाइस प्याक, डाटा प्याक, बिज प्लान, सापटी सुविधा, वर्क फ्रम होम अफर जस्ता सेवाबाट समेत ग्राहकसँग ठगि गरेको हुनसक्ने भन्दै अहिले चौतर्फी आवाज उठेको छ ।

त्यसो त एकअघिदेखि नै एनसेल नेपालमा ठग्नका लागि भनेर एनसेलको चर्को विरोध हुँदै आएको छ । एनसेलले कर छलि गरेपछि राज्यले उक्त कर उठाउन लामो समय कुर्नुपर्ने परेको थियो । उक्त विषय अहिले पनि विवादित छ । यस्तै बेला एनसेलले ग्राहकबाट रकम ठगि गरेको प्रकरण बाहिरिएको हो । कतिपयले त एनसेलको सिम नै बहिस्कार गर्नुपर्ने आवाज समेत उठाउन थालेका छन् । आफ्नै ग्राहकको रकम लुट्नेलाई बहिस्कार गर्नुपर्ने उनीहरुको माग छ ।

याे पनि पढ्नुहाेस्

एनसेलले यसरी लुट्यो आफ्नै ग्राहकको १ अर्ब ११ करोड

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।