कोरोना महामारीकै बेला सुटुक्क औषधीको मूल्य बढाउँदै महानिर्देशक भरत भट्टराई

काठमाडौं । कोभिड महामारीकै बिचमा विभागिय मन्त्री समेत नियुक्त नभएको मौका छोपेर औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले महामारीको सामना गरिरहेका सर्वसाधरणलाई थप बोझ हुने गरी औषधीको मूल्य बढाउने तयारी गरेका छन् ।

नियामक निकायको नेतृत्वमा बसेर अनुगमन र कारबाही गर्नु भन्दा पनि आफ्नो फाइदाका लागि मात्र काम गरेको आरोप खेप्दै आएका भट्टराईले पुनः व्यवसायीलाई फाइदा दिलाउने गरी औषधीको मूल्य बढाउने तयारी गरेका हुन् ।

महानिर्देशक भट्राईलले नेपालमा उत्पादित औषधिको मूल्य बढाउने तयारीसहित ३ वटा एजेण्डा तय गरेर बिहीबारका लागि बैठक समेत बोलाएका छन् ।
बैठकको एजेण्डामा सरकारले विभिन्न मितिमा विभिन्न प्रकारको औषधिहरुको तोकिएको खुद्रा मूल्यमा समयसापेक्ष परिमार्जन/संशोधनको विषय, मूल्य निर्धारण सम्बन्धी कार्यविधिको विषयमा र मूल्य निर्धारण नभएका औषधिहरुको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने उल्लेख गरिएको छ । यसअघि नै समयसापेक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने औषधि उत्पादक व्यवसायीले माग गर्दै आएकोमा भट्टराईले कुनै चासो नदेखाएकोमा विभागीय मन्त्री समेत नभएको अवस्थामा औषधीको मूल्य बढाउन लागेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भानुभक्त ढकाल स्वास्थ्यमन्त्री हुँदा भट्टराई विभागको महानिर्देशक नियुक्त भएका थिए ।
नयाँ सरकारको नयाँ मन्त्री नियुक्त हुने बित्तिकै आफूलाई हटाउने सम्भावना देखेर उनले व्यवसायीलाई खुसी पार्नकै लागि औषधीको मूल्य बढाउन खोजेको बताइएको छ । विभाग स्रोतले भट्टराईले औषधीको मूल्य बढाएर व्यवसायीसँग व्यक्तिगत फाइदा समेत लिन सक्ने आशंका समेत व्यक्त गरेको छ ।

यसअघि, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अघिल्लो सरकारको निर्णय भन्दै बस भाडा बढाएको थियो । ओली सरकारको पालामा नै भएको निर्णय भएपनि देउवा सरकारले भाडा बढाएको भनेर अहिले पनि आलोचना हुँदै आएको छ । महामारीको सामना गरिरहेको अवस्थामा औषधीको मूल्य बढाएमा यो सरकारको चर्को आलोचना हुने सम्भावना बढी छ ।

यता, महानिर्देशक भट्टराईले गुपचुप मै औषधिको मूल्य बढाउने तयारी गरिरहँदा पत्र बाहिरिएपछि भट्टराईमाथि दबाब थपिएको छ । उनले पत्र कसरी बाहिरियो भनेर सोधीखोजी समेत गरेको स्रोत बताउँछ ।

महानिर्देशक भट्टराईले औषधीको मूल्य बढाउने तयारी गरिरहेकै बेला मंगलबार मात्र कान्तिपुरहटलाइनमा श्रृजन झाले खुल्ला पत्र लेख्दै कर्मकाण्डी मात्रै कि कारवाही सहितको ठोस कार्य सम्पादन गर्ने भनेर प्रश्न उठाएका छन् ।

खुलापत्रमा आधिकारिक सूचना चुहावत देखि कमिसनको लागि ऐन र कार्यविधि विपरितका पटके सिफारिस गरेकाे , कमाउ धन्दा अन्र्तगत रेम्डिशिभिर, मास्क, अक्सिमिटर, गुणस्तरिहिन स्यानीटाजर, एउटा लेवलको औषधिमा अर्को औषधि पाइएकाे, नाफाखोर नियतिका कारण औषधिको कृतिम अभाव सिर्जना गरिएकाे, नियमनकै अभावमा सिटामोलको चरण अभभव भएको जस्ता विषय उठान गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।