काठमाडाैं १३ भदाै । आइतबार सुनको मूल्यमा स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज आइतबार पनि सोही मूल्य कायम हुँदै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तर, यता चाँदीको मूल्यमा भने आज तोलामा १० रुपैयाँले बृद्धि हुँदै एक हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।