काठमाडौं १२ भदौ । कर छलि प्रकरण र पछिल्लो पटक आफ्नै ग्राहकबाट अर्बौ ठगि गरेको पुष्टि भएपछि नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले कारबाही समेत गरेको एनसेलले सर्वसाधरणको दिमाग भुट्न नयाँ रणनीति अघि सारेको छ ।
राज्यसँग कर छलि गर्ने र आफ्नै ग्राहकको रकम ठगि गर्ने एनसेल नेपालमा बदनाम भएपछि उसले आफ्नो संस्थाको धमिलिएको छवि सफा गर्ने चालसहित अरु नाम चलेका तथा प्रतिष्ठित संघ संस्थाहरुमार्फत आफ्नो प्रचार गर्न थालेको छ ।
एनसेलले सिँधै आफ्नो योजना तथा स्किमहरुको विज्ञापन गर्दा सर्वसाधरणले पत्याउन नै छाडेपछि अहिले दैनिक जिवनसँग जोडिने कम्पनी, सरकारी निकाय, एनजिओ, आइएनजिओ तथा हस्पिटलको नाममा पैसा दिएर आफ्नो गिर्दो छवि सुधार्न खोजिरहेको हो ।
राज्यलाई कर छलि गरेको प्रकरणपछि धेरै सर्वसाधरणले एनसेलको सिम नै बहिस्कार गर्दै आएका छन् । पछिल्लो पटक आफ्नै ग्राहकको मोबाइलबाट थाहा नै नदिई विभिन्न एपको नाममा अर्बौ पैसा ठगि पछि एनसेलको सिम बहिस्कार गर्ने झनै बढेका छन् । विप्लव नेतृत्वको नेकपाले त एनसेल बहिस्कार अभियान नै चलाउँदै आएको छ । सर्वसाधरणले समेत स्वत स्फूर्त एनसेलको सेवालाई बहिस्कार गर्दै आएको पाइएको छ ।
आफ्नो सेवा नै सर्वसाधरणले रुचाउन छाडेपछि एनसेलले आईएमईमार्फत विदेशबाट पठाएको पैसा प्राप्त गर्नेहरुलाई फ्रिमा १ जिबी डाटा दिन थालेको छ । तर, आइएमईमार्फत आएको पैसा लिने तर एनसेलको उक्त डाटा नै लिन रुची नदेखाउने समेत धेरै पाइएको छ । सर्वसाधरणमाझ बदनाम बनेको एनसेलको उक्त योजना फ्लप जस्तै बनेपछि अहिले फेरि भायनेन्ट कम्पनीको इन्टरनेट प्याकेजमा पार्टरसिप गरेर एनसेलले नयाँ योजना ल्याएको छ ।
अहिले एनसेलले आफ्नो बिग्रिएको छबि सुधार्न आईएमई रेमिट्यान्ससँगै इन्टरनेट प्रदायक कम्पनी भायनेटलाई पनि आफ्नो कम्पनीको बिग्रिएको छवि उकास्न प्रयोग गरिरहेको हो ।
याे पनि-
– एनसेलले यसरी लुट्यो आफ्नै ग्राहकको १ अर्ब ११ करोड
आइएमईको १ जिबी फ्रिको डाटासमेत लिन छाडेपछि भायनेन्टको इन्टरनेट जोड्नेलाई एउटा सिम र ४८ जिबी डाटा फ्रिमा दिन थालेको छ । एनसेलको सिम र डाटा बिक्री हुन छाडेपछि उसले घुमाउरो पाराले आफ्नो व्यापार बढाउन खोजेको हो भने सिँधै सर्वसाधरणले एनसेलको सिम नै लिन छाडेपछि उसले सिम बिकाउने घुमाउरो बाटो रोजेको हो । त्यसो त एनसेलले कहिले स्वास्थ्य मन्त्रालय, कहिले युनिसेफ त कहिले कुन हस्पिटलको नाममा पैसा दिएर पनि आफ्नो बिग्रिएको छबि उकास्ने र सिम बिकाउने काम गर्न थालेको छ ।
सर्वसाधरणबाट भने कर छलि प्रकरण र आफ्नै ग्राहकको अर्बौ ठगि प्रकरणपछि एनसेललाई बहिस्कार गर्ने क्रम झनै बढेको छ । कुन बेला कुन बहानामा एनसेलले ठगि गर्ने भन्दै एनसेलको सिम नै बहिस्कार गर्नुपर्ने मत राख्ने सर्वसाधरणको जमात बढी हुन थालेको छ । उनीहरु भन्छन्, ‘एनसेलले कुन बहानामा कति बेला लुट्छ थाहा नै हुन्न, बरु सिम नै बहिस्कार गर्यो भने आनन्द छ ।’ सर्वसाधरणले सरकारलाई समेत आफ्नै ग्राहक ठग्ने एनसेललाई कडा कारबाही गर्न माग गरेका छन् ।
सम्बन्धित समाचार
– एनसेलको ग्राहकको पैसा ठगि प्रकरण: कुन ग्राहकबाट कति लुट्यो ? छैन अत्तोपत्तो