काठमाडौँ — सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार दुवै पत्र कूटनीतिक च्यानल मार्फत् पठाइएको हो ।

ती घटनाहरूमा सरकारले मौनता साँधेको भन्दै सर्वत्र आलोचना भएपछि घटना भएको सरकार कूटनीतिक नोट पठाउन बाध्य भएको हो ।
साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा (एसएसबी)ले तुइन चुँडाइ दिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।
उनी बेपत्ता भएको घटनाको छानबिनका लागि सरकारी समिति बनेको थियो । उक्त समितिले पनि एसएसबीको संलग्नता रहेको उल्लेख गर्दै यो विषयलाई कूटनीतिक तबरबाट अघि बढाउन सरकारलाई सुझाव दिएको थियो ।
छानबिन समितिले समेत ठहर गरिसक्दा पनि सरकार चुपचाप बसिरहेको थियो । यही बीचमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो घटनाको बारेमा थाहा नभएको भन्दै प्रतिक्रिया दिएका थिए ।