काठमाडौं, २३ भदौ । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारस्थिर रहेको सुनको मूल्य बुधबार सात सय रुपैयाँले घटेको हो । महासंघले बुधबार छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार तीन सय ३० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम गरेको छ । १० ग्राम चाँदीको मूल्य एक हजार ४६ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।