वामदेवले एमाले त्यागे, पत्नी भने एमाले बैठकमा उपस्थित

काठमाडौं २३ भदौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले परित्याग गरेको घोषणा गरेपनि उनकी धर्मपत्नी तुलसा थापामगर भने एमालेमा नै बसेकी छिन् । वामदेवपत्नी तुलसा बुधबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी हुन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएकी हुन् । बुधबारबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो ।