अर्थमन्त्री शर्माले एमालेको नाराबाजीकै बिच संसदमा प्रस्तुत गरे बजेटको प्रतिस्थापन विधेयक

काठमाडौं २५ भदौ, । प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।
संसदको तेस्रो बैठक सुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका थिए । तर मर्यादापालकहरुले उनीहरुलाई रोकेपछि अर्थमन्त्री जनार्दन शर्मा रोष्टममा पुगेका थिए । उनले प्रतिस्थापन विधेयक पेश गरेर सम्पन्न गरेका छन् ।