काठमाडौं २७ भदौं । दुई तिहाईको जनमत प्राप्त नेकपाका अध्यक्ष र पाँच वर्षका लागि प्रधानमन्त्री पाएका केपी शर्मा ओलीले आफ्नै कारण पार्टी विभाजनपश्चात दुई तिहाई जनमत गुमाए भने अहमताका कारण प्रधानमन्त्रीबाट पनि हट्नु पर्यो । उनै ओली आइतबार भने फरक मुद्रामा देखिए । प्रतिनिधिसभाको बैठकमा उनले समेत उठेर सरकारको विरोध गरे । आइतबारे प्रतिनिधिसभाको बैठकमा पपनि एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी बनेका हुन् । यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए । तर, आइतबार भइरहेको नारबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार बैठक चल्ने वातावरण बनाउन आग्रह गरिरहेका थिए। तर, यसलाई बेवास्ता गर्दै एमाले सांसदहरूको नाराबाजी गरेर संसद बैठक चल्न दिएनन् । त्यसपछि मंगलबारसम्मका लागि बैठक स्थगित भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।