चीनमा एमबीबीएस गरेका विद्यार्थीद्धारा इन्टर्नसीपको माग गर्दै प्रदर्शन

काठमाडौं ३१ भदौ, । चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले लामो समय भइसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्‍दै माइतीघरमा प्रदर्शन गरेका छन् । चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शन उत्रिनु परेको उनीहरुले गुनासो गरेका छन् ।

उनीहरुले प्लेकार्डमा ‘इन्टर्नसीपमा किन ढिला सुस्ती ?, अझै कति पर्खिने ?, १२ दिन भनी १-२ महिना कुरायौ अब कति कुराउँछौं ?, स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ लगायतका नारासहित मंगलबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।