काठमाडाैं ८ असाेज । शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । असोज ८ गते, शुक्रबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार ५५० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

पछिल्लो साताको तुलनामा सुन यस साता १०० रुपैयाँले घटेको छ । अघिल्लो शुक्रबार सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासंघको तथ्यांक अनुसार यस साता सुनको भाउमा सामान्य उतारचढाव भएको देखिन्छ । बुधबार सुन प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भई साताकै उच्च कारोबार मूल्य रहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य भने उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजर १६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको थियो ।

यस साता चाँदीको मूल्य ताेलामा १० रूपैयाँले गिरावट भएकाे छ । अघिल्लाे शुक्रबार चाँदीकाे भाउ प्रतिताेला एक हजार १७० रूपैयाँ ताेकिएकाे थियाे । यस साता चाँदीकाे मूल्य सबैभन्दा कम प्रतिताेला एक हजार १३५ रूपैयाँमा साेमबार खरिदबिक्री भएकाे थियाे । साताकै उच्च काराेबार मूल्य भने बुधबार प्रतिताेला एक हजार १६५ रूपैयाँ रहेकाे थियाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।