Sunday, August 9, 2026
Home मुख्य समाचार दशैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ, यस्तो छ भाडादर

दशैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ, यस्तो छ भाडादर

काठमाडौं ८ असोज । नेपालीको महान पर्व दसैंका लागि सरकारले असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

दशैंमा अत्याधिक भिडभाड हुने भएकाले त्यसलाई व्यवस्थित गर्ने उद्देश्यले अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । दशैंमा व्यापार व्यवसाय र पढाईको सिलसिलामा काठमाडौँ उपत्यका लगायत विभिन्न शहरमा बस्दै आएका मानिसहरु गाउँ फर्किने हुँदा यातायात सेवा सहज, सरल र सुलभ बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन। तर, विभागले भने बढेकाे भाडादर नै कायम गरेर सूचना जारी गरेकाे छ । यो सँगै दशैंमा घर जानेहरुले बढेको महंगो भाडादर तिर्नुपर्ने भएको छ ।
हेर्नुहोस् भाडादर

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।