काठमाडाैं २१ असाेज । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो । एकीकृत समाजवादीको भागमा रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय गरी चार मन्त्रालय भागमा परेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।