Wednesday, October 28, 2026
25 C
Kathmandu
Home समाचार आज पनि बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

आज पनि बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं ९ कातिक । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। तर‚ चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको छ। सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम गरिएको छ। सोमबार ९१ हजार ९०० थियो। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ रुपैयाँ कायम छ। सोमबार पनि प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।