काठमाडाैं १३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी नेकपा (एमाले)ले दिनहुँ गतिरोध उत्पन्न गरेपछि केहि दिनका लागि संसद बन्द गरिएको बताएाल छन्। ‘संविधानको मर्म विपरीत अनावश्यक विषयमा प्रतिपक्षीले संसदमा गतिरोध उत्पन्न गराएपछि केहि दिनका लागि संसद बन्द गरिएको छ’ उनले भने, ‘यो बीचमा वातावरण शान्त हुन्छ कि !

’जनकपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले

अध्यादेश ल्याउनु विफल कुरा नभएको भन्दै उनले तत्काल संवैधानिक संकट टार्ने विकल्प भएको बताए । ‘कुन सन्दर्भमा कुन उद्देश्यले अध्यादेश ल्याइएको हो भन्ने बुझ्नुपर्छ’ उनले भने, ‘गलत उद्देश्यले ल्याउनुहुँदैन् ।’ उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धन एक भएर जाने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।