Tuesday, August 11, 2026
Home समाचार आनीहरूलाई सामाजिक गतिविधिमा सहभागी बनाउन गोष्ठी सम्पन्न

आनीहरूलाई सामाजिक गतिविधिमा सहभागी बनाउन गोष्ठी सम्पन्न

काठमाडौं– आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउने उद्देश्यका साथ आयोजना गरिएको दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार सम्पन्न भएको हो ।

समापनको क्रममा सामाजिक गतिविधिमा सक्रिय गराउन उत्साहित बनाएको र अधिक उर्जाशील प्रेरणामा थपेको सहभागी आनी थुप्तेन ल्हामुले बताएकी छिन् । यस्ता प्रशिक्षणहरुले आनीहरुको सवालजवाफ गर्ने क्षमता अभिवृद्धि गर्न गोष्ठीले सहयोग पु¥याएको आनी फुन्जोक ल्हामुले बताएकी छिन् । सो गोष्ठीमा सहभागी आचार्य पेमा रिन्छेनले अध्ययन र सिकेका ज्ञानगुनका कुराहरु सबैसामु खुलस्त भन्न सक्ने क्षमताको विकास गरेकोमा समितिप्रति खुसी व्यक्त गरिन । समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले मन्त्रालयको कार्ययोजना अनुसार सम्बन्धित सरोकारवालाहरु बीच समन्वयात्मक भूमिका सशक्त गर्ने बताएका छन् । यसैगरी, कार्यकारी निर्देशक दोङले बौद्ध ज्ञान गुम्बाहरूमा मात्रै सिमितता नगरी आम समुदायमा पु¥याउनु आजको आवश्यकता रहेको बताए । उनले इशापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले आङ्खनी छोरीमार्फत धर्म प्रचार प्रसार गरेको स्मरण गराउँदै बौद्ध धर्मलाई सबैसम्म पु¥याउनु पर्ने बताए ।

कार्यक्रममा १३ वटा गुम्बाका आनीहरूको सहभागिता रहेको कार्यकारी निर्देशक दोङले जानकारी गराए । गोष्ठीमा सामाजिक सशक्तीकरण, बौद्ध धर्ममा आनीहरूको भूमिका, नेपालमा बौद्धधर्मको विकास क्रम र समाज सुधारमा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिइएको थियो । उल्लेखित बिषयमा क्रमशः रूपेश श्रेष्ठ, आचार्य नुर्बु शेर्पा, पूण्यप्रसाद पराजुली र आनी छोइङ डोल्माले प्रशिक्षण थिएका थिए ।

शनिबार भएको उद्घाटन समारोहमा बोल्दै समितिका अध्यक्ष पुपू छेम्बे शेर्पाले बौद्ध धर्मले शान्तिको मार्ग लिएकाले यसको अनुसरण गर्नु पर्ने बताएका थिए । सिकेका सबै कुरा व्यवहारमा उतार्नका लागि पनि गोष्ठीमा सहभागीहरूलाई उनले आग्रह गरे । महिला सशक्तीकरणका लागि पनि आनीहरू अग्रसर हुनु पर्ने र सोही अनुसार आफूलाई तयारी अवस्थामा राख्नुपर्ने सुझाएका छन् । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।