सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबारभन्दा आज सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा आज ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । तेजाबी सुन पनि प्रतितोलामा १०० रुपैयाँ बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य पनि पाँच रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।