माघ ७ काठमाडौँ
नेपाल आइडलका फस्ट रनर्सअप निशान भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। निशानको नेपाल आइडल सकिएसँगै गाएको पहिलो गीत ‘आफ्नै छायाँसँग पनि’को भिडियो युट्युब रिलिज भएको हो। गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ।
गीतमा प्रदिप चापागाईँको शब्द र आनन्द राईको शब्द रहेको छ। त्यस्तै निशानसहित नायिका जेबिका कार्की र अनिल थापाको फिचरिङ रहेको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्।