काठमाडौं । एउटा कलाकारको विषयलाई लिएर नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यव्यंग्य सम्बन्धी टेलिभिजन शो ’मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ ।
कार्यक्रमका प्रस्तोता रहेका कलाकार जीतु नेपाल ’मुन्द्रे’ले प्रसारण बन्द हुने घोषणा गरेका छन् । ‘हामीले ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्काे कुनै कार्यक्रममा भेट हुनेछ, कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौं ।’ नेपालले भने, ।
१ सय ३२ भाग प्रशारणसँगै बन्द हुने उक्त कार्यक्रमको कारण भने विशेष गरेर एउटा कलाकार बन्न पुगेको बुझिएको छ ।
उक्त शो लाई निर्माण गरिरहेको कम्पनी ’कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि ’मुन्द्रेको कमेडी क्लब’ हुने भएको हो ।
कार्यक्रमका प्रस्तोता जितु नेपालले कलाकार फूलन्देकी आमाबिना कार्यक्रम गर्न सकिने भएपनि टिममै खटपट देखिएपछि ब्रेक लिनेमा आफू पुगेको बताएका छन् । ‘रोइकराइ, रातभरी नसुती एपिसोड गरिरहेको छु, विज्ञापन आइरहेका छन् । तर मेरो तारिफ पाउनुको सट्टा टिममै खटपट देखिएपछि मैले ब्रेक लिने सोचें ।’ उनले पत्रकारहरुसँग भने ।
कार्यक्रमको अध्यक्षको रुपमा अभिनेत्री एवं निर्देशक दीपा श्री निरौलाले साथ दिँदै आएकी थिइन् । कोभिडका कारण बीचमा कार्यक्रम रोकियो । पछि दोस्रो सिजनकी अध्यक्षमा भने अभिनेत्री करिश्मा मानन्धरको प्रवेश भएको थियो । जितु नेपालले कार्यक्रमको सुरुआती दिनमा नकारात्मक कमेन्टले आफू रोएकोसमेत सुनाएका छन् । ’कति समय म रोएँ पनि । कार्यक्रम सुरु भएको २ रात निन्द्रै लागेन। मैले अपराध नै गरेछु कि भन्ने लागेको थियो,’ उनको भनाई छ ।
दोस्रो सिजनको क्लबकी अध्यक्ष करिश्माले कार्यक्रम यसरी बन्द हुनु राम्रो नभएको बताएकी छिन् । ’सुरुमा त मलाई जीतुको कार्यक्रममा सुट हुन्छ कि हुँदिन भन्ने लागेको थियो । तर जीतुले भनेपछि म क्लबको अध्यक्षमा सहभागी भएँ । उनले भनेकी छिन्, जीतुले मिहेनत गरेको यो कार्यक्रम यसरी रोकिनु राम्रो हो जस्तो लाग्दैन । कुनै पनि कुरा बन्द हुनु राम्रो त होइन ।’
भिडियो