वकिलहरुले भने– ‘प्रधानन्यायाधीश जबरा इतिहासकै सबैभन्दा भ्रष्ट’

काठमाडौँ २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दोस्रो चरणको आन्दोलनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा नेपालको न्यायिक इतिहासमा सबैभन्दा भ्रष्ट भएको बताएका छन् । उनी इतिहासमा सबैभन्दा असक्षम भएको पनि उनीहरुको भनाई छ ।

नेपाल बार एसोसिसनले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा न्यायपालिकाको शुद्धिकरणका लागि भएको बताएका छन् । एसोसिएसनका पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्णले प्रधानन्यायाधीश सडकले नभनै न्याय परिवारबाट राजीनामा मागिएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणा अहिलेको समस्याको समाधान नभएर कारण भएकाले राजीनामा दिनुपर्ने बताए । ‘प्रधानन्यायाधीश गैरन्यायिक आचरणको कारणले अहिले संकट देखिएको हो’ त्रिपाठीले भने, ‘पहिले विवाद थियो । अहिले संकट बनेर आयो । उहाँ समस्याको समाधान होइन, कारण हो । न्यापालिका सबैभन्दा ठूलो भनेको जनताको विश्वास हो त्यो प्रधानन्यायाधीशको कारण संकटमा परेको छ ।’ उनले प्रधानन्यायाधीश जबरा जतिको असक्षम र भ्रष्ट नेपालको न्यायिक इतिहासमा कोही पनि नभएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।