सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई न्यायालय छिर्न नदिन शुक्रबार बिहान १० बजेदेखि नै वकिलहरू मूलगेटमा धर्ना दिँदै थिए । उनीहरूले प्रधानन्यायाधीशलाई रोक्ने भएपछि बिहानैदेखि सर्वोच्च आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो । सशस्त्र प्रहरी पनि परिचालन गरिरहेका थिए ।

यी सबैबीच वकिलहरूको धर्ना छल्दै प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ता कार्यालयसँगै रहेको अर्को गेटबाट सर्वोच्च छिरे । यसरी प्रधानन्यायाधीशको प्रवेश निम्ति सर्वोच्चको मूलगेट बन्द गरेर उनलाई अर्कै बाटो छिर्न बाध्य पारिएको घटना न्यायालय इतिहासमै पहिलोपटक हो । तर सर्वोच्चको मूलगेट बन्द गरिएको घटना दोस्रोचोटि भएको वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल बताउँछन् ।

अहिले जसरी वकिलहरूले मूलगेटमा धर्ना दिएर प्रधानन्यायाधीशको प्रवेश रोके, यसअघि भने प्रधानन्यायाधीशले नै मूलगेट बन्द गराएर आन्दोलनरत वकिलहरूलाई रोक्न खोजेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।