त्रिविको ढिलासुस्तीले ८ महिनासम्म पनि परीक्षा नजिता प्रकाशित भएन, परीक्षार्थी आक्रोशित

काठमाडौं ४ मंसिर । त्रिभुवन विद्यालय (त्रिवि) ले विभिन्न संकाय तथा तहको परीक्षा सञ्चालन गरेको ८ महिना बित्दासमेत नजिता प्रकाशित नभएको पाइएको छ ।

सामान्यतया ३/४ महिनाभित्र नतिजा प्रकाशित हुनुपर्नेमा त्रिविले भने ८ महिनासम्म पनि नजिता प्रकाशित गर्न सकेको छैन ।स्नातकोत्तर दोस्रो वर्षको राजनीतिशास्त्र लगायत विषयको परीक्षा ८ महिनाअघि सञ्चालन भएपनि अहिले नतिजा प्रकाशित भएको छैन । म्यानेजमेन्ट संकायको पनि ८ महिना अघि नै परीक्षा सञ्चालन भएपनि अहिलेसम्म नतिजा प्रकाशित नभएको एक परीक्षार्थीले गुनासो गरेका छन् । मानविकी तथा कानुन शंकाय अन्तर्गत बिए दोस्रो वर्ष, एलएलबी दोस्रो वर्ष लगायतको पनि नतिजा लामो समयदेखि प्रकाशित भएको छैन ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले अहिले सेवा आयोगको परीक्षाका कारण सबै कर्मचारी त्यसमा व्यस्त रहेकाले नतिजा निकाल्न ढिलाई भएको बताएका छन् । उनको अनुसार मंसिर दोस्रो सातादेखि नतिजा प्रकाशित हुन बाँकी विषयको नतिजा प्रकाशित गरिनेछ ।

त्रिविको गैरजिम्मेवारीपूर्ण ढिलासुस्तीका कारण विद्यार्थीले ८ महिनासम्म पनि परीक्षाको नतिजा पाउन सकेका छैनन् । यसमा शिक्षा मन्त्रालय लगायत निकायको पनि ध्यान पुग्न सकेको छैन ।