काठमाडौं ६ मंसिर । कानुन व्यवसायीले सर्वोच्च अदालतमा एसएलआरसहितका सुरक्षाकर्मी तैनाथ गरेर शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको भोलिपल्ट सर्वोच्चबाट हतियारसहितका सुरक्षाकर्मी हटाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा हतियारसहितका सुरक्षाकर्मी देखा परेका छैनन् । सर्वोच्च परिसरमा आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको लगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।