काठमाडाैं ८ मंसिर । हिजाे भारी मात्रामा घटेकाे सुनकाे मूल्य आज पनि घटेकाे छ । दुई दिनमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ हजार ६ सय रुपैयाँ घटेको सुन बुधबार फेरि ५ सय रुपैयाँ घटेको हो । बुधबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको छ ।

यसअघि सोमबार तोलामा ९३ हजार ९ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । दुई दिनमा चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १५ रुपैयाँ घटेको चाँदी बुधबार भने ३० रुपैयाँ घटेको हो । प्रतितोला १२२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटपछि नेपालमा असर परेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।