काठमाडौं १० मंसिर । केही दिन निरन्तर घटेको सुनको भाउ शुक्रबार प्रतितोला २०० रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।