काठमाडौं १२ मंसिरन । सुनको भाउ आइतबार प्रतितोला २०० रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।