काठमाडौँ — कांग्रेस नेता गगन थापाले प्रजातन्त्र, वर्तमान संविधान र व्यवस्थाको आधारभूत मूल्यमान्यताबाट बरालिएको एमालेलाई कांग्रेसले ठीक पार्न सक्नुपर्ने बताएका छन् । चितवनबाट फर्किँदै गरेको एमालेले पार्टीभित्रको जनवादलाई सकाएको मात्रै होइन, अब देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अगाडि आउँछ, त्यो शक्तिको रुपमा आउँछ,’ काठमाडौंको १४ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै आइतबार नेता थापाले भने, ‘एमालेसँग जुध्नु कांग्रेसको कर्तव्य नै हो, हिजो हतियारको राजनीतिमा लागेको माओवादीलाई ठीक बाटोमा ल्याएको जस्तै, बरालिएको एमालेलाई पनि कांग्रेसले ठीक पार्न सक्नुपर्छ । नचाहिने कुरा गर्यो भने हप्काउने तागत राख्नुपर्छ । तथ्यहीन कुरा गर्यो भने तथ्यका आधारमा बोलेर कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ ।’
उनले कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनबाट बरालिएको एमालेलाई ठीक गर्न सक्ने नेतृत्व चुन्नुपर्ने बताए । ‘कांग्रेसको शत्रु कोही पनि छैन । एमाले पनि हाम्रो शत्रु होइन । तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसको हो । चितवनबाट एमाले बरालिएको छ । त्यो बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याउने तागत कांग्रेसले आफ्नो अधिवेशनबाट लिएर आउनुपर्छ,’ थापाले भने ।
बरालिएको एमालेलाई कांग्रेसले ठीक पार्नुपर्छ : थापा
Comments