काठमाडाैं ११ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए । एमालेले निर्वाचन प्रक्रिया अघि बढाउन नचाहँदा बन्दसत्र नै सुरू हुन नसकेकाे हाे । अध्यक्षमा भिम रावलले दाबी गर्दै निर्वाचनकाे माग गरिरहेका छन् । केपी शर्मा ओेलीले भने रावललाई बरिष्ठ उपाध्यक्षमा राखेर सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी राखेका छन् । एमालेभित्र सुवास नेम्वाङ, इश्वर पाेखरेल, विष्णु पाैडेलकाे पदकाे विषयमा पनि टुंगाे लाग्न बाँकी छ ।
Comments