इन्गेजमेन्ट गरेकाे लामाे समयपछि विवाह गर्दै रेश्मा

काठमाडौं नेपाल । नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिने भएकी छन् । रेश्माले मंसिर १४ गते विवाह गर्न लागेकी हुन् । रेश्माले गत वर्षको मंसिर १८ गते अमेरिकामा अध्ययनरत् प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी थिइन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् ।

रेश्मा र प्रभातबीच तीन वर्षअघि चिनजान भएको बताएका छन् । यसपछि कुराकानी गर्दै जाँदा उनीहरु नजिक भएका थिए । परिवारको सल्लाहमा रेश्मा र प्रभातले बिहे गर्न लागेका हुन् ।

उनीहरुको विवाह विराटनगरबाट हुनेछ । रेश्माले आफ्ना साथी, चलचित्रकर्मी तथा संगीतकर्मीका लागि भने काठमाडौंमा पार्टीको आयोजना गर्ने बुझिएको हाे ।