प्रेस सेन्टर नेपाल काठमाडौंमा बरालकाे नेतृत्वमा २१ सदस्यीय समिति निर्वाचित

काठमाडाैं १३ मंसिर । प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो अधिवेशनबाट अध्यक्षमा गोकर्ण बराल निर्वाचित भएका छन् । सोमबार राजधानीको प्रज्ञा भवनमा भएको अधिवेशनले बरालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष बराल सहित वरिष्ठ उपाध्यक्षमा अजित अधिकारी, उपाध्यक्षमा विक्रम रत्न, महिला उपाध्यक्षमा मीनाकुमारी यादव, सचिवमा रमेश लामिछाने, सहसचिवमा चमन कोइराला, वुद्ध योन्जन र कोषाध्यक्षमा शोभा अर्याल सर्वसम्मत रुपमा चुनिएका थिए ।
उक्त कार्यक्रममा प्रेस सेन्टर काठमाडौंका दिवंगत पूर्व अध्यक्ष गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रामकुमारी श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो ।
अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य जर्नादन शर्माले सम्मेलनको उदघाटन गरेका थिए । उक्त सम्मेलनमा माओवादी केन्द्रका विशेष प्रदेश कमिटिका अध्यक्ष लेखनाथ न्यौपाने, काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेल, प्रेस सेन्टरका कार्यालय सदस्य मनोज घर्ती लगायतको उपस्थिती रहेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।