Thursday, October 1, 2026
27.1 C
Kathmandu
Home मुख्य समाचार भीम रावललगायतका नेतालाई भोट नहाल्न भन्दै ओली पक्षले बाढ्यो पर्चा

भीम रावललगायतका नेतालाई भोट नहाल्न भन्दै ओली पक्षले बाढ्यो पर्चा

काठमाडौं १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ। प्यानल बनाउन नपाइने भनिए पनि ओली पक्षले भने चुनावी स्थलमा भीम रावल लगायतका नेताहरुको नाम राखेर भोट नहाल्न भन्दै उर्दी गरेको पाइएको हो ।

मतदात चलिरहँदा चुनावमा कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने पर्चा बाँडिएको भेटिएको हो । पर्चामा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्न भनिएको छ भने त्यसबाहेकका उम्मेदवारलाई नहाल्न भनिएको छ । अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टङ्क कार्की र भीम आचार्यलाई भोट नहाल्न पर्चामा भनिएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।