राप्रपाकाे नेतृत्व छान्न मतदान सुरू

काठमाडौँ १७ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए ।

महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचन भने इभिएमबाट हुनेछ । ‘मतदानका लागि ८६ वटा इभिएमको प्रयोग गरेका छौ’ रामलक्ष्मण इनोभेसन्सका लक्ष्मण रिमालले भने । उनका अनुसार एक जना मतदातालाई मतदान गर्न आधा घण्टा लाग्ने उनले बताए । ४ हजार ३ सय ८० प्रतिनिधि रहेको राप्रपामा मतदान सकिन कम्तिमा २४ घण्टा लाग्ने सक्ने छ ।नेतृत्वका लागि फरकफरक प्यानल बनाएर थापा र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।