Thursday, August 6, 2026
Home मुख्य समाचार अधिकांश महिलासहित दुबई घुम्न जान लागेका ७६ जना यात्रु विमानस्थलबाटै फर्काइयो

अधिकांश महिलासहित दुबई घुम्न जान लागेका ७६ जना यात्रु विमानस्थलबाटै फर्काइयो

काठमाडौं २१ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागम कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई फर्काइदिएको छ ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए । ‘सहकारीको पत्र ल्याएर ७६ जना मान्छे आएका थिए । ७० प्रतिशत महिला थिए’ उनले भने, ‘मानव ओसारपसार जस्तै महिला ओसारपसार गर्न खोजेको हुनसक्छ । त्यसैले फर्कायौं ।’

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको प्रमुख अधिकृत शाहीले बताए । यसअघि ४/५ जना महिलाहरू भए पनि पहिले नै जानकारी आउने गरेको उनको भनाइ छ ।

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महिनाभन्दा धेरैको रहेको शाहीले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।