काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको विषय निक्कै पिचलो बनिरहेको अवस्थामा फेरि नयाँ ट्विस सिर्जना भएको छ । सभापतिका प्रत्यासी समेत रहेका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने जनाए पनि कांग्रेसभित्र तरंग छाएको छ । निधिले अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने समेत जनाएका छन् ।

चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने बताए । त्यस्तो अवस्थामा सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनले बताए ।
निधिले अघि भने, ‘होइन शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने मान्न सकिन्छ ।’ अन्यथा आफू पनि सभापतिमा उम्मेदवार बन्ने र पदाधिकारीको टिम नै बनाएर प्रतिस्पर्धा गर्ने उनले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।